दार्चुलाको मालिकार्जुन-८ मा २० वर्षीय लोकेन्द्र जोशीको भिरबाट लडेर मृत्यु, परिवार शोकाकुल

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ धामालेक बस्ने २० वर्षीय लोकेन्द्र जोशीको बाख्रा चराउन गएको बेला भिरबाट लडेर ज्यान गएको छ। बाख्रा चराउन गएका जोशी घर नफर्केपछि खोजी गर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

घरबाट १ किलोमिटर जति टाढा छिमेकी अम्बादत्त जोशीको खरफागलाबाट ७०० मिटर तल खसेको ज्यान गएको बताइएको छ। कोरियन भाषा पास गरी चाडपर्व मनाउन घर आएका जोशीको मृत्यु भएपछि परिवार शोकाकुल बनेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?