अपिहिमालको रचनात्मक कार्य: ‘अपि स्मारिका’ ई-बुलेटिनको पहिलो अंक प्रकाशन

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले गाउँपालिकाका समग्र गतिविधि, विकास निर्माण, स्थानीय कला–संस्कृति तथा पर्यटकीय सम्भावनालाई समेटेर तयार पारेको आधिकारिक मासिक ई–बुलेटिन ‘अपि स्मारिका’ को पहिलो अंक प्रकाशित गरेको छ।

गाउँपालिकाले भदौ महिनामा सम्पन्न गतिविधिलाई समेटेर तयार पारेको पहिलो अंक सफलतापूर्वक प्रकाशन भएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख एवं सूचना अधिकारी मदनराज जोशीले जानकारी दिनुभयो।

उहाँका अनुसार ई–बुलेटिन निर्माण तथा प्रकाशनमा गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी तथा सम्पादक समितिको योगदान रहेको छ। गाउँपालिकाले ‘अपि स्मारिका’ तयार गर्न शिक्षा शाखा संयोजक जोशीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।

स्मारिकाको परिकल्पनादेखि प्रकाशनसम्म नीतिगत मार्गदर्शन, हौसला तथा अभिभावकत्व प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत तथा सम्पूर्ण जनप्रतिनिधिलाई गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ।

त्यस्तै, भौगोलिक विकटता र सीमित स्रोत–साधनका बाबजुद तथ्य–तथ्याङ्क सङ्कलन, लेखन, सम्पादन तथा प्राविधिक व्यवस्थापनमा खटिएका सम्पादक समितिका सदस्य तथा कर्मचारीप्रति पनि गाउँपालिकाले आभार व्यक्त गरेको छ।

गाउँपालिकाका गतिविधि, विकास निर्माण, स्थानीय कला–संस्कृति तथा पर्यटकीय सम्भावनालाई नियमित रूपमा नागरिकसमक्ष पुर्‍याउने उद्देश्यले ‘अपि स्मारिका’ प्रकाशन सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार ई–बुलेटिनले पारदर्शिता, सुशासन तथा प्रविधिमैत्री कार्यशैलीलाई आम नागरिकमाझ पुर्‍याउन महत्वपूर्ण कडीका रूपमा काम गर्ने विश्वास गरिएको छ।

गाउँपालिकाले ‘अपि स्मारिका’ ई–बुलेटिन तयार गरी प्रकाशन गर्ने सुदूरपश्चिम प्रदेशकै पहिलो पालिका बनेको जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?