अफगानिस्तानबाट हतारमा सैनिक हटाइए ठूलो नोक्सानी हुने नेटोको चेतावनी

दार्चुला । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकलाई हतार हतार स्वदेश फर्काइए त्यसबाट अफगानिस्तानको सेनाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सैनिक ठूलो मात्रामा कटौती गर्ने घोषणाप्रति टिप्पणी गर्दै महासचिव स्टोल्टेन्बर्गले यस्तो बताएका हुन् ।

उनले अफगानिस्तान अझै पनि अन्तर्राष्ट्रिय आतङ्कवादीको केन्द्रका रुपमा रहने सम्भावना रहेको बताउँदै यहाँबाट पश्चिमा देशभित्र आक्रमणका योजना बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

महासचिव स्टोल्टेन्बर्गले सिरिया र इराकमा परास्त भएका आईएस (इस्लामिक स्टेट) ले अफगानिस्तानलाई आफ्नो केन्द्रका रुपमा उभ्याउन सक्ने खतरा रहेको बताए ।

उनले एक विज्ञप्ति जारी गर्दै भने, ‘नेटो गठबन्धनले अफगानिस्तानको शान्ति प्रक्रियालाई मद्दत गरेको छ । यस प्रक्रियाको एक हिस्साका रुपमा हामीले ठूलै मात्रामा सैन्य उपस्थितिलाई अफगानिस्तानभित्र सीमित गरिसकेका छौँ ।’

अफगानिस्तानमा तैनाथ सैनिकको सङ्ख्याका बारेमा निरन्तर समीक्षा भइरहेको छ भन्दै उनले भने, ‘अहिले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकको सङ्ख्या १२ हजारभन्दा कम भइसकेको छ । त्यसमध्ये आधाभन्दा बढी गैरअमेरिकी सैनिक छन् ।’

अफगानिस्तानबाट अमेरिकी सैनिकको सङ्ख्या निरन्तर कटौती गरिए पनि नेटोले अफगान सैनिकलाई तालिम, परामर्श र सहायताका कार्यलाई निरन्तरता दिने स्पष्ट गरिसकेको छ । उनले भने, ‘हामी अफगान सैनिकलाई आगामी सन् २०२४ सम्म मद्दत गर्नेछौँ ।’

गएको महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आगामी क्रिसमसअघि नै चार हजार पाँच सय सैनिक फिर्ता गरिसक्ने बताएका थिए । तर वरिष्ठ सैनिक तथा राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले हतारमा सैनिक सङ्ख्या कटौती गर्न नहुने सुझाव दिएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?