सरकारमा गएका मन्त्रीलाई तत्काल फिर्ता आउन माओवादी केन्द्रको निर्देशन

दार्चुला । नेकपा माओवादी केन्द्र ले आफ्नो पार्टीबाट सरकारमा सरकारमा गएका मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाएको छ ।

माओवादी केन्द्रको शनिबार पेरीस डाडामा बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्त्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरिसक्नुभएको छ । यस्तै बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारीसमेत दिइएको छ ।

त्यसैगरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहको सरकारमा गएका यीमन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग समेत गरिएको छ । बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । बैठकले चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला अर्को सूचना जारी नभएसम्मका लागि स्थागित गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?