म्यानमारमा सैन्य शासनविरुद्धको विरोध प्रदर्शन हिंसात्मक हुँदै

दार्चुला । म्यानमारमा सेनाको ‘कू’ को विरोधमा भइरहेको विरोध प्रदर्शन हिंसात्मक हुँदै गएको छ ।

म्यानमारको मुख्य सहर यङ्गुनमा हिंसात्मक झडप हुँदा २१ जना प्रदर्शनकारीको ज्यान गएको पुष्टि गरिएको छ । तर, प्रदर्शनमा ३८ जना मारिएको आशङ्का गरिएको छ ।

सुरक्षाफौजले  प्रदर्शनकारीमाथि  गोली चलाएका र प्रदर्शनकारीले पनि चक्कु र लाठी प्रहार गरेका बीबीसीले जनाएको छ ।

गएको फेब्रुअरी एक तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ ।

विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १२० जनाभन्दा धेरैको ज्यान गएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?