दार्चुला । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताउनुभएको छ । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी एकताबद्ध बनाउन भेला आयोजना गरिएको बताउनुभएको हो ।
उहाँले भेलाले कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउने बताउनुभयो । नेता नेपालले भेलालाई सकारात्मक र रचनात्मक रूपमा लिन आग्रह समेत गर्नुभयो।
उहाँले आजसम्मका सबै समस्या केपी ओलीका कारण भएको बताउनुभयो । ओलीलाई इमान्दार कार्यकर्ता नचाहिने भन्दै नेपालले ओलीलाई आलोचना मन नपर्ने बताउनुभयो ।
नेता नेपालले सर्वोच्च अदालतले पूर्व एमाले ब्यूँताएर आफूहरु पूर्व एमालेमा जानु भनेको ओलीमा समाहित हुन नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामी एमालेमा जानु भनेको ओलीमा समाहित हुनु होइन । हामी पनि एमालेमा गएका हौँ र ओली पनि एमालेमा आएका हुन। ओली त आफूलाई नेपाल कम्युनिष्ट पार्टीका पहिलो अध्यक्ष भन्थे अनि हामी पूर्व एमालेमा जाँदा कसरी ओलीसँग गएको हुन्छ ।
नेपालले आजको भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी पक्षबाट पीडित भएका कार्यकर्ता र पीडित भएका नेताहरूबीचको भेला भन्नुभएको छ । उहाँले भन्नुभयो, ‘गुटको सुरुवात उहाँले मदन भण्डारी फाउण्डनेसनको नामबाट गर्नुभयो। तपाईंहरू पनि पीडित हुनुभयो। हामी पनि पीडित पीडित एक ठाउँमा छौँ र सबैको पीडा र वेदना एउटै छ । त्यो विधि विधान मिच्नेदेखि पूर्वाग्रहपूर्ण व्यवहार सहनुपर्नेसम्म ।’





प्रतिक्रिया