विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनले दिएका जानकारी अनुसार संक्रमितको कुल संख्या १२ करोड १८ लाख ३ हजार ९ सय ६८ पुगेको हो ।

गत २४ घण्टामा थप ५ लाख २८ हजार ८४५ संक्रमित थपिएका छन् । यस्तै, गत २४ घण्टामा ९ हजार ७१२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २६ लाख ९१ हजार ८१२ पुगेको छ ।

हालसम्म विश्वमा ९ करोड ८१ लाख ९८ हजार ३ सय १० जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ९७ हजार ९ सय ३४ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड ९ लाख १३ हजार ८४६ सक्रिय संक्रमित छन् । ती मध्ये ८८ हजार ८ सय ७१ गम्भीर बिरामी रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?