आज विश्व जल दिवस : दार्चुला सदरमुकामदेखि गाउँसम्म पानीको अभाव

दार्चुला । आज विश्व जल दिवस हो । मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा मनाइँदै आएको छ । पानीलाई महत्व दिउँ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइँदैछ ।

पानीमा रहेको पर्यावरणीय, सामाजिक र साँस्कृतिक महत्व बुझ्न र बुझाउन आज कार्यक्रम हुँदै छन् । अव्यवस्थित विकास निर्माणका कारण भविष्यमा पानीको संकट पर्न सक्ने भन्दै यस बारे सचेतना जगाउन सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र संघको भेलाले जल दिवस मनाउने घोषणा गरेको थियो । त्यस पछि सन् १९९३ देखि यो दिवस मनाउन थालिएको हो ।

विभिन्न अध्ययनका अनुसार पृथ्वीको झण्डै तीन चौथाई हिस्सा पानीले भरिएको छ । तर, यसमध्ये तीन प्रतिशत मात्रै पानी पिउन योग्य छ । विश्वमा पिउने पानीको समान वितरणमा चुनौती थपिदै गएको छ । विश्वकै जलस्रोतमा दोस्रो धनी देश भनिए पनि नेपालमा पिउने पानीको अभाव छ । पानीका मुहान र स्रोतको संरक्षण नहुँदा समस्या बढ्दो छ ।

दार्चुला सदरमुकाम खलंगादेखि ग्रामिण क्षेत्रसम्म खानेपानीको अभाव रहेको छ । खासगरी लेकम गाउँपालिकाको कुणि, कुसकाडा, रतौडा, मैखोली लगायत दर्जनौँ वस्तीमा खानेपानीको हाहाकार भएको छ । यस्तै शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाको पनि विभिन्न वस्तीमा खानेपानीको चरम अभाव रहेको स्थानीयहरुले गुनासो गरेका छन् । दार्चुला सदरमुकाम खलंगामा समेत खानेपानी व्यवस्थापन हुन नसक्दा समस्या कायमै रहेको छ ।

बढ्दो शहरीकरणका कारण केन्द्रीय राजधानी काठमाण्डौ उपत्यकामा नै पानीको अभाव छ । उपत्यकाका धेरैजसो धारामा पानी नै आउँदैन । यस्तै, जलवायु परिवर्तनको असरले हिमाल पग्लिन थालेकोले पनि यसको संरक्षणमा चुनौती बढेको छ । मुलहरुको संरक्षण र खानेपानीको सहि व्यवस्थापनका लागि सरकारले ध्यान दिनु आवश्यक देखिन्छ । मानिसको सबैंधानिक अधिकार अन्तरगत रहेको सुद्ध पिउने पानीको अधिकार प्राप्तीका लागि सरकारले आवश्यकताको आधारमा सहरदेखि गाउँसम्म खानेपानी योजना सञ्चालन तथा मर्मतमा ध्यान दिनु आवश्यक देखिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?