भारतमा २४ घण्टाभित्र २ लाखभन्दा धेरै संक्रमित फेला

दार्चुला । भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ७३९ जना संक्रमित फेला परेका छन्। यो अवधिमा १ हजार ३८ जनाको ज्यान गएको छ।

कोरोना महामारीको दोस्रो लहर चलिरहेको भारतमा यो तथ्यांक पछिल्लो अवधिकै धेरै हो। हिजोसम्म त्यहाँ डेढ लाख हाराहारीमा संक्रमित भेटिएका थिए भने ज्यान गुमाउनेको संख्या १ हजारभन्दा तल थियो।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिले त्यहाँ सक्रिय कोरोना संक्रमितको संख्या १४ लाख ७० हजारभन्दा धेरै छ।

हालसम्म भारतभर १ लाख ७३ हजार १२३ जना संक्रमितको ज्यान गइसकेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?