बस र टिपर आपसमा ठोक्किदाँ पाँच को मृत्यु, ४१ घाईते, सात गम्भीर

दार्चुला । बाँकेमा शुक्रबार बेलुकी भएको सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । ती मध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।

सुर्खेतबाट काठमाडौंतर्फ जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको ९अनटेस्ट० टिपर कोहलपुर चपरगौढी नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

बेलुकी ६ बजे भएको सो दुर्घटनामा परी टीपरका चालकसहित दुई जना र बसमा सवार तीन जना गरी पाँच जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार घाइतेहरुलाई अस्पताल पुरयाउने र मृतकहरुको सनाखत गर्ने काम भैरहेको छ ।

कोहलपुर चप्पर गौडीस्थित नेपाली सेनाको चेकपोष्टदेखी करिव एक किलोमिटर पुर्व जंगलमा उक्त दुर्घटना भएको जनाउँदै डिएसपी खनालले घाइतेहरू मध्ये सात जना गम्भीर १४ जना मध्यम र २० जना सामान्य रहेको बताउनुभयो ।

घाईते सबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको उहाँले बताउनुभयो । दुर्घटनाको खबर पुगे लगत्तै कोहलपुरबाट गएको प्रहरीले क्रेनको सहयोगले घाइतेहरुको उद्धार गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?