४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा दार्चुलाका २५ वर्षीय युवक पक्राउ

दार्चुला । ४६ वर्षीयामहिलालाई बलात्कार प्रयास गर्ने   दार्चुलाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ।

गत चैत २९ गते हुम्लाको सर्केगाड गाउँपालिकाका वडा नम्बर ३ उनापानीगाउँ नजिकै स्याउला लिन गएकी ४६ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा साउदलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिनुभयो ।

पीडित महिला घर नजिकैको जङ्गलमा स्याउला लिन गएको समयमा जबर्जस्ती गर्न खोजेको भन्दै २०७७ चैत ३० गते पीडितले नै जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएपछि पक्राउ गरिएको हो, प्रहरी प्रमुख शर्माले भन्नुभयो, उनीविरुद्ध कानूनबमोजिम कारवाहीका लागि प्रक्रिया अघि बढ्छ।

स्याउला बोकेर घर फर्किँदै गरेकी पीडितलाई साउदले जबर्जस्ती गर्न खोजेपछि पीडित महिलाले ठूलो स्वरमा चिच्याएपछि मात्रै त्यस क्षेत्र आसपासमा रहेका अरु महिलाले थाहा पाएर बचाएको आफन्त माङ्ली फडेराले जानकारी दिनुभयो ।

आफन्त फडेराका अनुसार पीडितले ठूलो आवाजमा चिच्याउँदा साउदले झन् दाँतले गालामा टोकेको र अगाडिबाट ढुङगाले टाउको फुटाएर रगताम्मे बनाएको अवस्थामा आफूहरुले बचाएको फडेराले बताउनुभयो ।

हाल आरोपित अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेको शर्माले जानकारी दिनुभयो । पीडितविरुद्ध जबर्जस्ती करणी उद्योगमा बिहीबार मुद्दा दर्ता भएको छ। महिलाको चैत ३० गते सर्केगाडको साया स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण भएको सोही स्वास्थ्यचौकीका इन्चार्ज किरण बुढाथोकीले जानकारी दिनुभयो ।

सर्केगाडको साया स्वास्थ्यचौकीमा टाउकोमा तीन टाका लगाएकी पीडित महिलाको चैत ३१ गतेदेखि थप उपचार भइरहेको जिल्ला अस्पतालका डाक्टर अमित विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?