संक्रमण बढेपछि कैलालीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुँदै

दार्चुला । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा (लकडाउन) जारी हुने बताइएको छ।

जिल्लामा उच्च दरमा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला कोभिड व्यवस्थापन केन्द्र कैलालीले एक हप्ता निषेधाज्ञा जारी गर्ने तयारीमा रहेको हो।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको अध्यक्षमा मंगलबार बसेको सर्वपक्षीय बैठकलले तयारीमा लागेको हो।
प्रमुख जिल्ला रिजालले निषेधाज्ञाको क्रममा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द रहने जानकारी दिनुभयो ।

यस्तै यसअघि सोमबारदेखि कैलाली र कञ्चनपुरमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो । यस अघि पनि कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा अन्तर जिल्ला बैठकले कैलाली र कञ्चनपुरमा रात्रिकालीन लकडाउन गरिने निर्णय गरेको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?