भारतमा कोरोनाका कारण एकैदिन चार हजारभन्दा धेरैको ज्यान गयो

दार्चुला । भारतमा कोरोना भाइरसका कारण एकैदिन चार हजारभन्दा धेरैको ज्यान गएको छ ।

गएको २४ घण्टामा कोरोनाका कारण चार हजार एक सय ८७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

योसँगै भारत एकैदिन कोरोना सङ्क्रमणका कारण चार हजारभन्दा धेरैको ज्यान जाने तेस्रो देश बनेको छ । यसअघि ब्राजिल र अमेरिकामा एकैदिन चार हजारभन्दा धेरैको ज्यान गएको थियो ।

यस्तै, गएको २४ घण्टामा भारतमा चार लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ ।

भारतमा अहिलेसम्म दुई करोड १८ लाख ९२ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने दुई लाख ३८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?