दार्चुला । दार्चुलामा मंगलबार एकै दिन ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एन्टीजेन विधिबाट ११ जना र पिसिआर परिक्षणबाट ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
एन्टीजेन परिक्षणमा माहाकाली नगरपालिकाका ८ जना, मालिकार्जन गाउँपालिकाका १ जना र व्यास गाउँपालिकाका २ जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पिसिआर परिक्षणमा अपिहिमाल गाउँपालिकाका ५८ जनामा कोरोना संक्रमण पुष्ठि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।
आज थपिएका सहित जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ७० पुगेको उहाँले बताउनुभयो । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परिक्षणमा ५८ जनामा कोराना संक्रमण पुष्टि भएको बोहराले जानकारी दिनुभयो ।





प्रतिक्रिया