वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना सङ्क्रमणबाट मृत्यु

दार्चुला । वाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

नेकपा एमालेका नेतासमेत रहनुभएका प्रदेशसभा सदस्य चौलागाईँको कोरोना संक्रमणबाट ज्यान गएको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पुष्टि गर्नुभयो । चौलागाईँको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको एमालेका प्रवक्रा ज्ञवालीले बताउनुभयो ।

उहाँ गएको चुनावमा दोलखा क्षेत्र नम्बर ख बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विद्यार्थी उमेरदेखि नै राजनीतिमा लाग्नुभएका चौलागाईँ अनेरास्ववियुको वाग्मती संयोजकसहित केन्द्रीय सदस्य, नेकपा एमाले दोलखाको पार्टी सचिव ९प्रमुख०, एमाले वाग्मती अञ्चल सदस्य, सह–इन्चार्ज, इन्चार्ज बन्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?