दार्चुला । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अक्सिजन सिलिण्डर लिन शनिबार ओमान जाने भएको छ ।
गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने ६ सय थान अक्सिजन सिलिण्डर लिन वाइडबडी जहाज आउँदो शनिबार ओमानको राजधानी मस्कट जाने निगमका महाप्रबन्धक डिमप्रकास पौडेलले जानकारी दिनुभयो ।
शनिबार नै जहाज चीनको बेइजिङ जाने तयारीमा छ । बेइजिङमा संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिण्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जाने तयारी गरिरहेका उहाँको भनाइ छ ।
त्यसपछि हरेक दिन नेपालको लागि ५ सय ५० थान सिलिण्डर उत्पादन हुने भएकोले दिनदिनै वाइडबडी जहाज बेइजिङ पठाउने तयारी छ । अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको महाप्रबन्धक पौडेलले बताउनुभयो ।





प्रतिक्रिया