बजेट निर्माणको काम अन्तिम चरणमा, नीति तथा कार्यक्रम पुग्यो मन्त्रिपरिषद् कार्यालय

दार्चुला । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अर्थमन्त्रालयले बजेटको मस्यौदा मात्र तयार गर्न बाँकी रहेको जनाएको छ ।

जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुसार अर्थमन्त्रालयले लेखन प्रक्रियालाई तिब्रता दिएको हो । बजेट लेखनमा अर्थ मन्त्रालयका पाँच जना सहसचिवको समुह सक्रिय छ ।

बजेट पूर्व ल्याइने सरकारको नीति तथा कार्यक्रम पनि अर्थले बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाएको अर्थस्रोतले बताएको छ । स्रोत भन्छ, ‘कहाँ कति बजेट पार्ने भन्ने पाटो सकिएको छ । अर्थमन्त्रालयको बजेट लेखन टिम बिहानदेखि साँझसम्म सक्रिय रहने गरेको छ ।’

मन्त्रिपरिषदको कार्यालयले नीति तथा कार्यक्रमको अन्तिम रुप दिएपछि राष्ट्रपतिले संसदमा पेश गर्नेछिन् । बजेट अधिवेशन अझै पनि सुचारु नभएकाले संसदबाट बजेट आउनेमै विज्ञहरुले शंका गरेका छन् ।

कतिपय राजनीतिक दलले त ओली सरकारले अध्यादेशमार्फत बजेट ल्याउने आशंका व्यक्त गरेका छन । यद्यपि प्रधानमन्त्रीले अध्यादेशमार्फत् बजेट ल्याउने बारे पार्टीमा कुनै छलफल नभएको जनाइसकेका छन् । उहाँले संसद जिवितै रहेकाले संसदबाटै बजेट ल्याउने बताउँदै आउनुभएको छ ।

कोरोना नियन्त्रण तथा पुनर्उत्थान यस पटकको बजेटको प्राथमिकता भएको अर्थले स्पष्ट पारिसकेको छ । दोस्रो पटक पदभार ग्रहण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सम्पूर्ण सामर्थ्य कोरोना रोकथाम तथा नियन्त्रणमा हुने बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?