दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु

दार्चुला । दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ बस्ने ५६ बर्षीय बिशन सिंह विष्टको वडा नम्बर ८ कै धौकोट (राताकाठा) भन्ने ठाउँमा भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नम्बर ८ मै रहेको खर्कबाट फर्किने क्रममा भिरबाट लडेर विष्टको घट्ना स्थालमै मृत्यु भएको चन्दले जानकारी दिनुभयो ।

अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रहरी टोलीले घट्ना स्थल मुचुल्का तयार पारीरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी चन्दले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?