माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

दार्चुला । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्षलाई प्रधानमत्रीबाट हटाउन र विपक्षी दललाई सरकारमा पुर्‍याउन हस्ताक्षर गरेका सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा एमालेको माधवकुमार नेपाल समूहका २६ सांसदको हस्ताक्षर पेश गरेका थिए ।

तर ११ जनालाई मात्र स्पष्टीकरण सोधिएको छ । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पर्सि विहानसम्म स्पष्टीकरण बुझाउन भनिएको छ ।

कस्तो स्पष्टीकरण आउँछ, त्यसमा आधारित भएर पार्टीले थप निर्णय लिने उहाँले बताउनुभयो ।

२६ जनामध्ये अरु चाहिँ मुलधारमा फर्किनु भएको हो भन्ने प्रश्नमा एमाले प्रवक्ता ज्ञवालीले भन्नुभयो, ‘उहाँहरुमध्ये कतिले मैले हस्ताक्षर गरेको छैन भनेर वक्तव्य दिनुभएको छ ।

कतिययले माधवकुमार नेपालले मलाई प्रधानमन्त्री बन्ने वातावरण बन्यो, त्यसका लागि समर्थन गर्नुस् भनेकाले मात्र हस्ताक्षर गरेका हौं । शेरबहादुर देउवालाई हाम्रो समर्थन छैन भनेर प्रतिक्रिया दिनु भएको छ । उहाँहरुसँग छुट्टै कुरा गर्छौं ।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?