संसद विघटनको विपक्षमा उभिए माधव नेपाल पक्षका यि २३ सांसद

दार्चुला । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दिन २३ जनाले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर गर्ने सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन र झपट रावल रहेका छन् ।

त्यस्तै निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा र मेटमणि चौधरीले पनि सर्वोच्चमा रिट दायर गर्न हस्ताक्षर गरेका छन् ।

देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि समर्थन गरेका माधव नेपाल पक्षका २६ सांसदमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले भने हस्ताक्षर गरेका छैनन् ।

देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दावी गरे पनि राष्ट्रपतिले नियुक्त नगर्नु असंवैधानिक भन्दै विपक्षी गठबन्धनका सांसदहरुले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका छन् ।

माधव नेपाल पक्षका नेता योगेश भट्टराई र गोकर्ण विष्टले भने रिटमा हस्ताक्षर गरेका छैनन् ।

हेर्नुस् रिटमा हस्ताक्षर गर्ने सांसदको सूची

1. विरोध खतिवडा,

2. जीवनराम श्रेष्ठ,

3. घनश्याम भुसाल,

4. सोमप्रसाद पाण्डे,

5. कृष्णलाल महर्जन,

6. झपट रावल,

7. निरादेवि जैरू,

8. सरला यादव,

9. कल्याणी खड्का,

10. लक्ष्मी चौधरी,

11. माधव नेपाल,

12. भीम रावल,

13. कलिला खातुन,

14. रामकुमारी झाँक्री,

15. झलनाथ खनाल,

16. पुष्पा कर्ण कायस्थ,

17. भवानी प्रसाद खापुङ,

18. यज्ञ सुनुवार,

19. पवित्रा निरौला,

20. मुकुन्द न्यौपाने,

21. मेटमणि चौधरी,

22. दिपक प्रकाश भट्ट,

23. नारायण खतिवडा

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?