दार्चुला । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३ जनाको मृत्यु भएको छ। कैलालीका २ जना र कञ्चनपुरका १ जना गरी ३ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा ८ सय ९३ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा १ हजार ४७ नमुना पीसीआर तथा ३ वटा सीमानाकामा ५ सय ५४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परिक्षणमा ५ सय २२ जनामा संक्रमण पुस्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६ सय ५९ जनाको नमूना परीक्षण गर्दा १ सय ८८ जना, महाकाली अस्पतालमा ४३ नमूना परीक्षण गर्दा २० जना, डडेल्धुरा अस्पतालमा १ सय ९६ नमूना परीक्षण गर्दा ५५ जना, जिल्ला अस्पताल बैतडीमा ९६ नमूना परीक्षण गर्दा १८ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ५३ जनाको नमूना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख २० हजार ८ सय ४७ नमूना परीक्षण गर्दा ३८ हजार १ सय ८१ जनामा संक्रमण पुस्टि भएको छ। हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका २१ हजार ८ सय ६ जनाले कोरोना जितेका छन् भने, ४ सय ८० जनाको मृत्यु भएको छ। त्यस्तै प्रदेशभर पछिल्लो २४ घण्टामा ८ सय ९३ जना संक्रमित निको भएका छन्।





प्रतिक्रिया