दार्चुला। मन्त्री बनाउनको लागि नेकपा एमाले, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक तारा लामा तामाङलाई हटाए पनि तामाङ भने मन्त्री नबन्ने अडानमा छन् ।
पार्टीको निर्देशन विपरित मन्त्री बन्न तामाङले अस्विकार गरेको बताइएको छ ।
उनले सभामुखलाई पत्र पठाउँदै तामाङलाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रमुख सचेतकको जिम्मेबारीबाट मुक्त गरिएको जानकारी दिएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेले सुदूर पश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा लाल बहादुर खड्कालाई नियुक्त गरेका छन् ।
यस्तै सचेतकमा दुर्गा कुमारी कामीलाई चयन गरेका छन् । एमालेको माधव नेपाल समुहबाट सुदूरपश्चिममा दीर्घ सोडारी,पुर्णा जोशी,चुनकुमारी चौधरी,मना साउद र कुलबिर चौधरीलाई मन्त्री बनाउने तयारी रहेको स्रोतले बतायो ।
यस्तै स्रोतका अनुसार कुलवीर चौधरी पनि मन्त्री नबन्ने भएका छन् ।





प्रतिक्रिया