तातोपानी नाकाबाट पनि अक्सिजनसहितका स्वास्थ्य सामग्री भित्रिँदै

दार्चुला । चीनले अनुदानमा दिएको अक्सिजनसहितका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिन थालेका छन् ।

हिजो यो नाका हुँदै ८ सय भरी अक्सिजनका सिलिन्डर र ८ सय खाली सिलिन्डरसहितका स्वास्थ्य सामग्री आएको प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो । यसअघि गएको ८ गते यो नाकाबाट लिक्विड अक्सिजनसहित स्वास्थ्य सामग्री भित्रिएको थियो । यो नाकाबाट ३० हजार लिटर लिक्वड अक्सिजन नेपाल भित्रिसकेको छ ।

अहिलेसम्म तातोपानी नाकाबाट दुई पटक अनुदानका स्वास्थ्य सामग्री भित्रिएको छ । चीनले अनुदानमा दिने बाँकी सामग्री आउने क्रममा नै रहेको प्रमुख भन्सार अधिकृत गौतमले बताउनुभयो । चीनबाट अनुदानमा आएका स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिसकिएको छ । यस्तै निजी क्षेत्रले खरिद गरेका १० हजार खाली सिलिन्डर पनि तातोपानी नाका हुँदै नेपाल भित्रिसकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?