ठाकुर पक्ष सरकारमा जाँदै, मन्त्री बन्ने नेतालाई तयारीमा बस्न निर्देशन

दार्चुला । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले आज सरकारमा जाने तयारी गरेको छ ।

हिजो राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर अध्यक्ष ठाकुरले सरकारमा जाने विषय लगभग टुङ्ग्याएको नेकपा स्रोतले जनाएको छ।

राष्ट्रपति कार्यालयबाट जुनसुकै बेला फोन आउन सक्ने भएकाले तयार भएर बस्न भनिएको बताइएको छ । मिल्न बाँकी विषयमा अध्यक्ष ठाकुरले आज पनि प्रधानमन्त्री ओलीसँग छलफल गर्दै हुनुहुन्छ । छलफलमा जसपाले गृहसहितका आठ वटा मन्त्रालय माग गरे पनि प्रधानमन्त्रीले गृह दिन नसकिने बताउनुभएको थियो ।

राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जानका लागि जसपाले नेताहरूको सूची पनि तयार गरिरहेको छ । राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अगरिया, एकवाल मियाको नाम लगभग टुङ्गिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहका सूर्य थापाले सहमति भएमा जसपा सरकारमा सहभागी हुने कुरा स्वाभाविक रहेका बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?