निर्माण व्यवसायी संघ दार्चुलाद्वारा स्वास्थ्य सामग्री  सहयोग

दार्चुला । निर्माण व्यवसायी संघ दार्चुलाले जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पताल दार्चुलालाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना महाकारी रोकथाम तथा नियन्त्रणको लागी जिल्ला अस्पताल र गोकुलेश्वर प्राथमिक अस्पताललाईअक्सिजन सिलिण्डरल गायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

शुक्रबार निर्माण व्यवसायी संघका उपाध्यक्ष जयबहादुर पाल नेतृत्वको टोलीले जिल्ला अस्पताललाई ४-४ थान अक्सिजन सिलिण्डर र रेगुलेटर, ४ प्याकेट गलोब्ज, १४ प्याकेट मास्क र १० वटा पिपिई सेट हस्तान्तरण गरिएको छ ।उक्त स्वास्थ्य सामग्री जिल्ला अस्पताल दार्चुलाका डाक्टर पूजा बमलाई हस्तान्तरण गरिएको छ ।

यस्तै निर्माण व्यवसायी संघका अध्यक्ष महेशसिह धामी नेतृत्वको टोलीले ४ -४ थान अक्सिजन सिलिण्डर र रेगुलेटर, ४ प्याकेट गलोब्ज, १४ प्याकेट मास्क र १० वटा पिपिई सेट गोकुलेश्वर अस्पताललाई हस्तान्तरण गर्न लागेको निर्माण व्यवसायी संघका सचिव विनोदसिह बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?