दार्चुला । घाँस काट्ने क्रममा खसेर अछामको रामारोशन गाउँपालिकामा दुई जनाको ज्यान गएको छ । रामारोशन गाउँपालिका–४ बाटुलासेन निवासी १७ वर्षीया लक्ष्मी विकको ज्यान गएको हो । सोमबार दिउसो घाँस काट्न गएकी लक्ष्मी घर नआएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेकी आफन्तले जानकारी दिएका छन् ।
यस्तै सोही नगरपालिका–मैठामाण्डुका ६५ वर्षीय जोगी बटालाको घाँस काट्ने क्रममा खसेर मृत्यु भएको स्थानीय जोसिला साउँदले बताउनुभयो । सालिमकोट भन्ने स्थानमा भैसीलाई घाँस काट्न गएका बेलामा मृत्यु भएको बताइएको छ । ग्रामीण भेगमा प्रायः गाइवस्तु चराउन जाँदा र घाँस काट्ने क्रममा भीर र रुखबाट खसेर मृत्यु हुने गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया