काठमाडौं । अमेरिकाको टेक्सासमा एक म्युजिक फेस्टिबलमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु भएको छ । घटनामा ३ सय जनाभन्दा बढी घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टेक्सासको हस्टन शहरमा गएराति भएको म्युजिक फेस्टिबलमा केही व्यक्ति स्टेजतर्फ अगाडि बढ्न खोज्दा भागदौड मच्चिएको थियो ।
उक्त घटनामा ११ जना गम्भीर घाइते भएकाहरुलाई अस्पताल लगिएको र उनीहरुमध्ये ८ जनाको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । कार्यक्रम हेर्न करिब ५० हजार जना दर्शक उपस्थित रहेको अनुमान छ ।
एजेन्सीको सहयोगमा
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया