दार्चुला । ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका बैतडीको पुर्चौंडी नगरपालिका वडा नम्बर ८ मल्लादेहीका १७ बर्षीय दमन बोहराको उपचारका क्रममा मृत्यु भएको छ । अध्ययनको सिलसिलामा कञ्चनपुरको कृष्णपुर आफ्नी फुपुको घरमा बस्दै आएका बोहरालाई यही माघ ४ गते मोटरसाइकलमा सवार भएको बेला ट्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो । कृष्णपुरमै ट्याक्टरले मोटरसाइलकमा पछाडी सवार बोहरालाई ठक्कर दिएको बताइएको छ ।
दुर्घटना लगत्तै उनलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएकोमा बिहीबार बिहान उपचारकै क्रममा मृत्यु भएको उनका दाजु महेश बोहराले बताउनुभयो । उनी कक्षा ११ मा अध्ययनरत थिए । पढाईका लागि तराई गएका बोहराको उतै मृत्यु भएपछि घरपरिवार शोकमा डुबेका छन् ।
पत्रकार एलबी विश्वकर्माको निधन
अछाम घर भइ काठमाडौंमा पत्रकारिता गर्दै आएका पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको छ । बुधबार राति ३ बजे अचानक मुटुमा समस्या देखिएर उपचारका लागि पाटन अस्पताल लैजाँदा डाक्टरले उनलाई मृत घोषणा गरेको उनका भाई ललित टमाटाले जानकारी दिनुभयो ।
पत्रकार तथा युवा लेखक विश्वकर्माको एन्टिजेन परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको बताइएको छ । उनी टीभी टुडे टेलिभिजनमा कार्यरत रहेका थिए । क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले जातीय विभेदका विषयमा लेख्ने गरेका थिए । उनको निधनप्रति पत्रकार महासंघले दुःख व्यक्त गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया