आमाबुवा सुतिरहेका बेला ६ महिनाको बालकलाई मुसाले जिउँदै खाएपछि….

दार्चुला । छ महिनाको बच्चालाई मुसाले जिउँदै खाएको छ । त्यतिबेला उनका बाबुआमा गहिरो निद्रामा थिए । बालकको शरीरमा ५० भन्दा बढी मुसाले टोकेको घाउ भेटिएको छ । घटना अमेरिकाको इन्डियानाको हो ।

नवजात शिशुका बुबाले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए । ६ महिनाको बालकको शरीरमा गम्भिर घाउ रहेको उनले जानकारी दिए । युएसए टुडेको रिपोर्ट अनुसार यो घटना गत हप्ता भएको हो ।

घटनामा कारबाही गर्दै प्रहरीले बालकका बुवा डेभिड र आमा एन्जल स्कोएनबमलाई पक्राउ गरेको छ । उनीहरूसँगै बस्ने उनकी काकीलाई पनि पक्राउ गरिएको छ । उनीहरु विरुद्ध लापरवाही सहित कैयौं फौजदारी अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

यी दम्पतीका तीन सन्तान छन् । उनीहरू घरमा अर्को परिवारसँग बस्छन् । यो अर्को परिवारमा उनीहरूका दुई बच्चा छन्। घर पुग्दा ६ महिनाको बालक रगतले लतपतिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको टाउको र अनुहारमा ५० भन्दा बढी मुसाले टोकेको घाउ थियो ।

प्रहरी डिटेक्टिभ जोनाथन हेल्मले पक्राउ पुर्जीमा बालकको दाहिने हातको चार औंला र बुढीऔंला हराइरहेको लेखेका छन् । उनको औंलाका हड्डीहरू देखिन्थे। बच्चालाई अस्पताल लग्दा उनको शरीरको तापक्रम निकै घटेको थियो । उनलाई रगत चढाउनु परेको थियो । बच्चा जीवित छन् ।

न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार बच्चाको घर फोहोर र मुसाको मलले भरिएको थियो। उनका बुबाले मार्चदेखि मुसाका कारण समस्यामा परेको र यसका लागि उपाय पनि गरिएको बताए । तर प्रहरी अधिकारीहरुले यस घरको बच्चालाई मुसाले खाएको यो पहिलो पटक नभई सेप्टेम्बरमा घरका अन्य बालबालिकालाई पनि टोकेको थाहा पाएका छन् । डिसी नेपाल

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?