इजरायली अस्पतालमा इरानको आक्रमण

एजेन्सी। इरानले इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ ।

अस्पतालमा इजरायली सेना र गुप्तचर बेस भएको भन्दै आक्रमण गरेको इरानले दाबी गरेको छ । दक्षिणी इजरायलको एक अस्पताल र तेल अभिभ नजिकैका दुई शहरमा इरानी आक्रमणबाट दुई सय ७१ जना जना घाइते भएका बीबीसीले जनाएको छ ।

इरानले आक्रमणको निशाना अस्पताल नभई इजरायली सेनाको कमाण्ड एण्ड इन्टेलिजेन्स बेस (आइडीएफ सीफोरआई) र अस्पताल आसपासमा रहेको गाभ–याम टेक्नोलोजी पार्कमा रहेको आर्मी इन्टेलिजेन्स क्याम्प रहेको बताएको छ । तर आक्रमणको असर प्रत्यक्ष रूपमा अस्पतालमा परेको छ । इरानले इजरायलमा रातभर आक्रमण गरेको छ ।

यसैबीच, इजरायली सेनाले इरानको आणविक स्थलहरूमा आक्रमण गरिरहेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको आणविक खतरालाई पूर्ण रूपमा समाप्त नगरेसम्म युद्ध चलिरहने बताउनुभएको छ । इरानका उपविदेशमन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यो अमेरिकाको युद्ध नभएकाले यसमा सहभागी नहुन चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?