दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा अवस्थित गराडी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धि अभिमुखिकरण तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्वास्थ्य सेवाको प्रभावकारीता, न्यूनिकरण सेवा मापदण्डको पालना, अभिलेखिकरण व्यवस्थापन, तथा समुदायको सहभागिता लगायतका विषयमा छलफल सहित समिक्षा गरिएको सर्मोली स्वास्थ्य चौकीका इन्चार्ज दिपक पन्तले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष एंव वडा नम्बर २ का वडा अध्यक्ष शिवराज जोशी, लेकम गाउँपालिकाका स्वास्थ्य शाखा उप संयोजक रमेश प्रशाद जोशी, स्वास्थ्य चौकीका इन्चार्ज दिपक पन्त, स्थानीय लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।





प्रतिक्रिया