मालिकार्जुन हस्पिटल गोकुलेश्वरमा कार्तिक २९ गते बरिस्ठ स्त्री रोग विशेषज्ञ डाक्टर स्मृति शाही आउदै

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरस्थित मालिकार्जुन हस्पिटल प्रा.लि. मा आगामी शनिबार बरिस्ठ स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर स्मृति शाही आउने हुनुभएको छ। कार्तिक २९ गते शनिबारका दिन बरिस्ठ स्त्री तथा प्रस्तुति रोग बिशेषज्ञ डाक्टर स्मृति शाहीले विशेषज्ञ चिकित्सीय सेवा प्रदान गर्ने मालिकार्जुन अस्पतालका म्यानेजर राम बिष्टले बताउनुभयो।

उहाँका अनुसार स्त्री रोग बिशेषज्ञ डाक्टर शाहीले स्त्री तथा प्रस्तुति रोग सम्बन्धी समस्या भएका बिरामीहरुलाई परीक्षण, उपचार र निदान लगायतका चिकित्सकीय सेवा प्रदान गर्ने छन् । तल्लो पेट दुख्ने, तथा महिनावारी गड्बडी हुने, सेतो पानि बग्ने, बाझोपन तथा नि:सन्तान, पाठेघरमा मासु पलाएको, गर्भवती चेकजांच तथा डेलिभरी, गर्भवती महिला सम्बन्धी भिडियो एक्सरे, पाठेघर खस्ने, स्तन सम्बन्धी समस्या लगायतका समस्या भएकाहरुको उपचार गरिने बिष्टले बताउनुभयो।

मालिकार्जुन अस्पतालले गोकुलेश्वरमा रहेको पेट्रोल पम्प नजिकबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। अस्पतालले ०९३४०००२६ र ९८४८४०६०९८ मा फोन गरेर समेत नाम दर्ता गर्न सकिने बताएको छ। ग्रामीण क्षेत्रमा व्याप्त स्वास्थ्य समस्यालाई मध्यनजर गरेर बेलाबेला विशेषज्ञ चिकित्सक समेतको उपस्थितिमा उपचार सेवा प्रदान गर्ने गरिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?