कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय

दार्चुला । नेपाली कांग्रेसको १५औं महाधिवेशन आउँदाे पुस २६ गतेदेखि २८ गतेसम्म काठमाण्डाैमा हुने भएको छ । आज बसेको पार्टी केन्द्रीय समिति बैठकले १५औ‌ महाधिवेशन गर्ने मितिसहितको कार्यतालिका सर्वसम्मतिले पारित गरेको हो ।

कार्यतालिकामा गाउँ अधिवेशन पुस १६ गते, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते, सातवटै प्रदेश अधिवेशन पुस २३ र २४ गते सम्पन्न गरिने उल्लेख गरिएको छ ।

कांग्रेसले आउँदाे महाधिवेशनका लागि विधान मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रिय छानबिन समिति र केन्द्रीय निर्वाचन समिति पनि बनाउने निर्णय गरेको छ ।

पार्टीका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आपसी परामर्श गरेर ती समितिहरूको गठन गर्ने पनि निर्णय भएकाे प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?