माधव नेपाल पक्षका ३२ जना नेतालाई एमालेको स्पष्टीकरण

दार्चुला । नेकपा एमालेले माधव नेपाल पक्षका २७ जना सङ्घीय सांसद र चार जना प्रदेश सभा सदस्यसहित ३२ जना नेताहरूलाई तीन दिने स्पष्टीकरण सोधेको छ ।

पार्टीको नेतृत्वविरुद्ध लागेको र नीति उल्लङ्घन गर्दै नयाँ दल गठन गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले २७ जना सङ्घीय सांसद र पाँच जना नेतालाई तीन दिने स्पष्टीकरण सोध्नुभएको हो ।

स्पष्टीकरणपत्रमा पार्टीको विधानमा उल्लेख भएअनुसार ३२ जना नेताहरूले नयाँ दल गठन गरेको मानिएकाले तपाईँहरूलाई सांसद पद र पार्टी सदस्यबाटै किन नहटाउने रु भनेर प्रश्न गरिएको छ ।

सूर्य चिह्नको दुरुपयोग गरेको, पार्टीलाई बदनाम गराएको, अर्को पार्टी खोलेको र मूल पार्टीले दिएका लिखित र मौखिक निर्देशन नमानेको आरोप पनि स्पष्टीकरण पत्रमा उल्लेख छ । पार्टीविरुद्धका गतिविधि कायमै रहेमा जुनसुकै बेला थप कारबाही हुन सक्नेतर्फ सचेत गराउँदै सच्चिएर पार्टीमा फर्कन मौका दिएर स्पष्टीकरण सोधिएको पत्रमा लेखिएको छ ।

एमालेमै फर्कने प्रतिबद्धतासहितको स–प्रमाण जवाफ पेस भएमा कारबाहीको बारेमा पार्टीले विचार गर्न सक्ने अन्यथा जुनसुकै बेला कठोर कारबाही हुन सक्ने एमालेले चेतावनी दिएको छ ।

सङ्घीय सांसदहरू माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने र रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधिएको छ ।

यस्तै कर्णाली प्रदेशका प्रदेश सभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा,कुर्मराज शाही, अम्बरबहादुर थापा र देवी ओलीलाई पनि स्पष्टीकरण सोधिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?