दार्चुला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
कोरोना संक्रमण भएपछि वैशाख २८ गते देखि निजामती कर्मचारी अस्पताल मिन भवनमा उपचाररत मन्त्री ठगुन्नाको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज हुनुभएको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्री ठगुन्नाको स्वास्थ्य अवस्था सुधार हुँदै गएकोले होम आइसोलेसनमा बसेर थप उपचार गर्ने गरि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
अस्पतालमा अक्सिजन सपोर्टमा उहाँको उपचार भइरहेको थियो । पूर्ण रुपमा स्वास्थ्य लाभ नहुदासम्म सरकारी निवास पुल्चोकस्थित होम आइसोलसनमा उपचार हुने सचिवालय सदस्य राजेश बिष्टले बताउनुभयो ।





प्रतिक्रिया