दार्चुला। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा नरहेको बताउनुभएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग र घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाको सहजीकरणमा दार्चुलाका तीन जना अल्लो उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गर्दै मन्त्री बडूले उद्योगको क्षेत्रमा कृषिको उत्पादन बढाउनुपर्छ भन्ने निष्कर्षमा सरकार पुगेको बताउनुभयो । उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्रसंग जोडिएको उत्पादन घट्दो अवस्थामा छ, मन्त्री बडूले भन्नुभयो, उत्पादन नबढ्दा आत्मनिर्भर अर्थतन्त्र हुन सकेको छैन, निकासी बढाउनुपर्ने आवश्यकता रहेकोमा उत्पादन समेत बढ्न सकेको छैन ।’ चालु आर्थिक बर्षदेखि नेपाल सरकारले उत्पादन अभिबृद्धिका लागि विशेष अभियान सञ्चालन गर्ने मन्त्री बडूको भनाई छ ।

उद्योग मन्त्रालयमार्फत प्रधानमन्त्री राष्ट्रिय उत्पादन तथा अभिबृद्धि कार्यक्रम सञ्चालन गरेर उत्पादनको क्षेत्रमा १० बर्षे विशेष अभियान थालनी गर्ने योजना रहेको उहाँले बताउनुभयो । देशको अर्थतन्त्र बलियो बनाउनका लागि साना, घरेलु र अझौला उद्योगहरुलाई बलियो गर्नु जरुरी छ, उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, ‘यि उद्योगहरु ठूला उद्योगका निम्ति मेरुदण्ड हुन् । साना उद्योगहरुको विकास गर्न सके मुलुकको समग्र अर्थतन्त्रको जरामा पानी हालेजस्तै हुनेछ ।’ सरकारले उत्पादन र निकासी दुबैलाई बढाउनुपर्ने आवश्यकता महसुस गरेको छ, मन्त्री बडूले भन्नुभयो, निकासी प्रवद्र्धनका लागि उत्पादन राम्रो र गुणस्तरीय हुनु आवश्यक छ । पराम्परागत ढंगले चलिरहेका उद्योगहरुलाई प्रविधिसंग जोड्न सकियो भने अन्तराष्ट्रिय बजारमा बिक्न सक्ने मन्त्री बडूको भनाई छ । दार्चुलाको अल्लो उत्पादनले राष्ट्रिय र अन्तराष्ट्रिय बजार पाउन सकोस भन्ने उद्देश्यले उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएको मन्त्री बडूले बताउनुभयो ।

२०५० सालमा समेत दार्चुलामा उन कात्ने मेसिन भित्रिएको स्मरण गर्दै उहाँले नयाँ प्रविधिमा नयाँ नयाँ उद्योगको खोज भइरहेको अवस्थामा अल्लो उद्यमीहरुले अनुरोध गरेपछि अल्लो उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएको बताउनुभयो । सरकारले औद्यौगिक ग्रामको रुपमा स्थानीय तहमा उद्योगको विकास गर्ने नीति लिएको मन्त्री बडूले बताउनुभयो । गत बर्ष १०५ औद्यौगिक ग्राम कार्यान्वयमा आइसकेको जानकारी दिदै उहाँले यो बर्ष ३० वटा औद्यौगिक ग्राम थप गर्ने योजना रहेको बताउनुभयो । औद्यौगिक ग्रामको लागि आधारभूत तयारी गर्न स्थानीय तहहरुलाई उहाँले अनुरोध समेत गर्नुभएको छ ।

आ–आफ्नो स्थानीय तहमा औद्यौगिक ग्राम स्थापना गर्नका लागि जनप्रतिनिधिहरु लाग्नुपर्छ, उहाँले भन्नुभयो, ‘एउटा औद्यौगिक ग्रामलाई तीन करोड सहयोग सरकारले गर्छ । अल्लोको अहिलेसम्म उत्पादन खस्रो हुने गरेकोमा प्रविधिको सहयोगमा आकर्षक र गुणस्तरीय उत्पादन हुने र बजारीकरणमा सहयोग पुग्नेछ ।’ प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा सञ्चालित प्रविधि हस्तान्तरण कार्यक्रममा मन्त्री बडूसहित स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

No description available.

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?