दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा १० सैयाको आधारभूत अस्पताल निर्माणपछि गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
शुक्रवार (आज) एक कार्यक्रमका बिच निर्माण कम्पनी आर एण्ड सिएस बिल्डर्स प्रालीका प्रतिनिधि केशब बहादुर पालले गाउँपालिका अध्यक्ष जमन सिंह धामीलाई नवनिर्मित भवनको चावी हस्तान्तरण गर्नुभएको हो ।
२०७९ साल भाद्र १५ गते १६ करोड ७२ लाख बजेटमा निर्माण कम्पनी आर एण्ड सिएस बिल्डर्स प्राली काठमाडौँले आधारभूत अस्पताल निर्माणको सम्झैता गरेको थियो । अस्पतालको निर्माण कार्य सम्पन्न भएसगै अबको केहि दिनमा आधारभूत अस्पतालबाटै सेवा सञ्चालनमा ल्याइने गाउँपालिका अध्यक्ष जमन सिंह धामीले जानकारी दिनुभयो ।
भवन हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला कुमारी चन्द सिंह, प्रमुख प्रशासकीय अधिकृत धमेन्द्र जोशी, शव इन्जिनियर बिक्रम जोशी, जनप्रतिनिधि, स्थानीय लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो । आधारभूत अस्पतालमा एमबिबिएस डाक्टर सहितको चिकित्सकहरुले सेवा दिने बताइएको छ ।
गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा आएसंगै स्वास्थ्य सेवा तथा उपचारको लागि टाढा जानुपर्ने बाध्यता हटेको भन्दै स्थानीय खुशी भएका छन् । यसअघि दार्चुलाको मालिकार्जुन गाउँपालिका र नौगाड गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा आइसकेका छन् ।





प्रतिक्रिया