३८औं विश्व एड्स दिवस दार्चुलामा पनि विभिन्न कार्यक्रम गरि मनाईयो

दार्चुला । आज ३८औं विश्व एड्स दिवस दार्चुलामा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा अवोरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरि ३८औं एड्स दिवस मनाइएको स्वास्थ्य कार्यालय दार्चुलाका क्षय कुष्ठ अधिकृत देव राज जोशीले बताउनुभयो ।

विहान सदरमुकाम बजारमा प्रभात फेरी पछि जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरु संग अन्तरक्रिया गर्नुका साथै विद्यालयहरुमा सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको जोशीले बताउनुभयो । यो दिवस हरेक बर्ष डिसेम्बर १ मा मनाइने गरिन्छ ।

यस वर्षको नाराले हालका चुनौतीहरूको बीचमा पनि एचआईभी÷एड्स विरुद्धको प्रतिबद्धता अझ बलियो रहनुपर्ने सन्देश दिन्छ। एचआईभी निर्मुल गर्ने अभियानमा आएका अवरोधहरूलाई अवसरमा बदल्दै, समुदाय–केंद्रित प्रयास, समान पहुँच, मानवअधिकार र नवीन समाधानमार्फत एड्स–मुक्त भविष्यतर्फ अघि बढ्न सबैलाई एकसाथ हातेमालो गर्न यो वर्षको नाराले आह्वान गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार दार्चुलामा हाल ५१ जनाले एड्सको नियमित औषधी सेवन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?