दार्चुलाकोे केदारनाथ मावि धरमघरको विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा नारद जोशी

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा रहेको केदारनाथ माध्यमिक विद्यालय धरमघरको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । सोमबार (आज) आयोजित अभिभावकहरुको भेलापछि नारद प्रसाद जोशीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

शिक्षक अभिभावक संघका अध्यक्ष राम दत्त भट्टको अध्यक्षता रहेको कार्यक्रमबाट नारद प्रसाद जोशी अध्यक्ष रहने गरि विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक जयसिंह कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै शिक्षा नियमावली अनुसार अन्य ५ जना सदस्यहरु पनि चयन हुनुभएको छ । सदस्यहरुमा दान सिंह धामी, जानकी जोशी, पदम राज भट्ट, मानमती कार्की र देवसरा सार्की तथा सदस्य सचिवमा प्रधानाध्यापक कार्की चयन हुनुभएको विद्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?