आईसीसी महिला टी–२० क्रिकेटको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट

दार्चुला । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको दोश्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट भएका छन् ।

आउँदो जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाण्डौमा हुने प्रतियोगिताका लागि २७ खेलाडीबाट घटाएर २० खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानले छनोट गरेको हो । छनोट भएका खेलाडीहरुमा इन्दु बर्मा, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना कुमारी चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुवर, रुविना क्षेत्री, सना प्रवीण इश्वरी विष्ट, रोमा थापा छन् ।

त्यस्तै सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सिता राना मगर, काजल श्रेष्ठ पनि छनोट भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?