बैतडीको शिवनाथका साउँद मृत फेला, हत्या भएको परिवारजनको आशंका

दार्चुला । बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर २ सनकोट, खाल बस्ने ५२ वर्षीय देवानसिंह साउँद मृत फेला परेका छन् ।

बुधबार साँझदेखि हराइरहेका साउँद शुक्रबार (आज) दिउँसो वडा नम्बर २ को खाल नजिकैको भीरमा मृत फेला परेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो ।

बुधबार दिउँसो ४ बजेतिर घरबाट मासु ल्याउन जान्छु भनेर नजिकैको पसलमा गएका साउँद सोही ठाउँबाट सम्पर्क विहिन हुनुभएको थियो ।

साउँदले पसलमा मदिरा सेवन गरेको र पसलबाट घर जान्छु भनि फर्केका भएपनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा शुक्रबार दिउँसो लास फेला परेको गाउँपालिका अध्यक्ष साउँदले बताउनुभयो । साउँदको खोजीका लागि परिवारले प्रहरीमा समेत निवेदन दिएको थियो ।

पसलबाट घर जान्छु भनेर हिँडेका साउँद अर्कै ठाउँमा मृत फेला परेपछि परिवारजनले हत्याको आशंका गरेका छन् भने घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुरज बहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटना स्थल तर्फ गइरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बलदेव बडूले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?