देशका केही स्थानमा भोलि वर्षाको सम्भावना

दार्चुला । देशका केही स्थानमा भोलि (आइतबार) वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि दिउँसो कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यसैबीच, आज भने आंशिक बदली हुनेछ । दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?