लेकम गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ ४ गतेदेखि लालीमा सञ्चालन हुने

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ ४ गतेदेखि लालीमा सञ्चालन गर्ने निर्णय गरिएको छ।

लेकम गाउँपालिकाको केन्द्र रातामाटामा शुक्रबार (आज) बसेको शिक्षा समितिको बैठकले माघ ४ गतेदेखि लेकम गाउँपालिका वडा नम्बर ३ लाली खेलमैदानमा सञ्चालन गर्ने निर्णय गरिएको लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयो।

बैठकमा प्रतियोगिताको व्यवस्थापन तथा तयारीका विषयमा छलफल गरिएको थियोे । लेकम गाउँपालिकाभरीका सबै माध्यमिक विद्यालयले सहभागीतामा प्रतियोगिता सञ्चालन हुने बताइएको छ।

यसअघि दार्चुलाको तीन वटा पालिकाले स्थानीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेका छन्। अरू पालिकाले खेल सञ्चालनको तयारी गरिरहेका छन्। सबै पालिकामा स्थानीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भइसकेपछि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिने जिल्ला खेलकुद समितिले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?