‘गैरदलीय चुनावी सरकार’ का मन्त्री दलीय गतिविधिमा

दार्चुला । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको ‘गैरदलीय सरकार’ का मन्त्री र सल्लाहकार नै राजनीतिक दलका गतिविधिमा सक्रिय बन्न थालेका छन् । मन्त्री र सल्लाहकार नै राजनीतिक दलमा आबद्ध हुँदा चुनावी सरकारको कार्यसम्पादनमा निष्पक्षताको प्रश्न उठ्ने देखिएको छ ।

२१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गराउने ‘म्यान्डेट’ सहित गठन भएको सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ रास्वपाका उपसभापति छन् । रास्वपा र घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच भएको सहमतिपत्रमा एकतापछि उनी उपसभापति हुने उल्लेख छ । घिसिङ त्यसअघि उज्यालो नेपाल पार्टीका गतिविधिमा सहभागी हुँदै आएका थिए ।

रास्वपा र उज्यालो नेपालबीच एकतासम्बन्धी वार्ता र छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सक्रिय बनेका थिए । घिसिङ र गुप्ता दुवै रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उठ्ने तयारीमा छन् । मन्त्री घिसिङले अहिलेसम्म औपचारिक रूपमा कुनै पनि दलमा नरहेको दाबी गर्छन् ।

‘प्रधानमन्त्रीले केही जिम्मेवारी दिएर मलाई मन्त्री बनाउनुभएको हो । ती जिम्मेवारी केही दिनमै पूरा हुँदै छन् । त्यसपछि चुनाव पनि नजिकिँदै गएकाले राजनीतिमा पूर्ण रूपमा सक्रिय हुने योजना छ,’ ‘सार्वजनिक रूपमा प्रश्न उठेको विषयमा केही दिनमै निर्णय गर्दै छु ’ घिसिङले भन्नुभयो ।

खेलकुदमन्त्री गुप्ता कुनै ठाउँमा जाँदैमा र कसैलाई भेट्दैमा दलमा लाग्यो भनेर आरोप लगाउन नहुने बताउँनुहुन्छ । ‘म कुनै दलीय गतिविधिमा संलग्न छैन, न कुनै दलको सदस्यता लिएको छु,’ मन्त्री गुप्ता भन्छन्, ‘निर्वाचनमा कुनै दलसँग आबद्ध भएर लड्ने अवस्था आयो भने सरकारबाट राजीनामा दिएर जान्छु ।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?