एमाले सुदूरपश्चिम संयोजकको जिम्मेवारी गणेश ठगुन्नालाई

दार्चुला । नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी नेता गणेश सिंह ठगुन्नालाई दिएको छ। आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरे अनुसार सुदूरपश्चिम संयोजकको जिम्मेवारी ठगुन्नालाई दिइएको उपमहासचिप लेखराज भट्टले जानकारी दिनुभयो।

एमालेले कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, राजधानीमा डा. राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा गणेश ठगुन्ना र संगठन विभागमा भानुभक्त ढकाललाई संयोजकको जिम्मेवारी दिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?