एमालेले तोक्यो सुदूरपश्चिममा जिल्ला इन्चार्ज, दार्चुला इन्चार्जको जिम्मेवारी ठगुन्नालाई

दार्चुला । नेकपा एमालेले दार्चुला जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य गणेश सिंह ठगुन्नालाई दिएको छ । नेकपा एमालेको सचिवालय बैठकले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी दार्चुलासहित सुदूरपश्चिमका ९ वटै जिल्लामा नयाँ जिल्ला इन्चार्ज तोकेको छ । सोही अनुसार दार्चुलाको इन्चार्जको जिम्मेवारी ठगुन्नालाई दिइएको हो । ठगुन्ना यस अघि पनि दार्चुला इन्चार्ज हुनुहुन्थ्यो ।

निर्वाचन गतिविधिलाई प्रभावकारी बनाउन नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो।

त्यस्तै एमालेले कैलाली जिल्लाको इन्चार्जमा लिला भण्डारी, कञ्चनपुरमा निरू पाल, बैतडीमा दामोदर भण्डारी, बझाङमा ऐन महर, बाजुरामा लालबहादुर थापा, डोटीमा चक्रबहादुर मल्ल, अछाममा झपटबहादुर बोहरा तथा डडेल्धुरामा पठानसिंह बोहरालाई इन्चार्ज बनाएको छ।

जिल्ला इन्चार्जले पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन, स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय तथा निर्वाचन तयारी गर्ने जिम्मेवारी दिइएको बताइएको छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?