बैतडीमा जिप दुर्घटना, तीन जनाको घटनास्थमै मृत्यु

दार्चुला । बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका वडा नम्बर८ साँडीघाटी नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुरज सिंहले जानकारी दिनुभयो ।

दुर्घटनामा तीन जना पुरुषको घटनास्थलमै मृत्यु भएको र सनाखत हुन बाँकी रहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । जिपमा कति जना सवार थिए भन्ने यकिन भएको छैन । घाइतेहरुलाई प्रहरी तथा अन्य गाडीका यात्रुहरुले उद्धार गरि डडेल्धुरा अस्पताल पठाएका छन् । घट्नाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?