बैतडीको श्रीकोट बहुमुखी क्याम्पसको स्ववियुद्वारा दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

बैतडी । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको श्रीकोट बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा क्याम्पस समुदाय सहयोग कार्यक्रम अन्तर्गत दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

माघ १३ र १४ गते दोगडाकेदार गाउँपालिकाको पिपलकोटस्थित केदार माध्यमिक विद्यालय र कफलकोटस्थित रोलेश्वर माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा विद्यार्थी तथा स्थानीय समुदायलाई साइबर अपराध, लागूपदार्थ दुव्र्यसन, सामाजिक हिंसा, महिला सशक्तीकरण र वातावरणीय सरसफाइ सम्बन्धी विषयमा सचेत गराइएको स्ववियु सभापति नविन कपाडीले जानकारी दिनुभयो ।

विद्यार्थीलाई समयमै सचेत गराउन सके सामाजिक विकृति र अपराधबाट जोगाउन सकिने बताउनुभयो। क्याम्पस प्रमुख दान सिंह कार्कीले शिक्षा केवल किताबी ज्ञानमा सीमित नहुने उल्लेख गर्दै यस्ता कार्यक्रम उपयोगी र समयसापेक्ष रहेको बताउनुभयो।

कार्यक्रममा स्वास्थ्यकर्मी तथा प्रहरी प्रतिनिधिबाट स्वास्थ्य जीवनशैली र साइबर सुरक्षाबारे जानकारी गराइएको थियो। साथै कार्यक्रमको अवसरमा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेको दोगडाकेदारबाट लोकदर्पण सम्वाददाता सुरज महराले खबर पठाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?