बैतडीकाे क्वारेन्टाइनमा मृत्यु भएका पुरुषको काेराेना परीक्षणबिनै दाहसंस्कार

दार्चुला। बैतडीको क्वारेन्टाइनमा शनिबार मृत्यु भएका पुरुषको परीक्षणबिनै आइतबार दाहसंस्कार गरिएको छ।

शनिवार राति मृत्यु भएका पाटन नगरपालिका-६ का ३० वर्षीय युवकको कोरोना परीक्षण नहुँदै क्वारेन्टाइनमा सँगै बसेका उहाँका आफन्तले दाहसंस्कार गरेका पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयाे ।

उहाँका अनुसार दाहसंस्कारमा सहभागी तथा मलामी जाने सबै ६ जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ। मृतकको थ्रोट स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि धनगढी पठाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयाे।

यही २३ गते भारतको बेंग्लोरबाट आएका मृतक कैलालीको गौरीफन्टा नाका हुँदै बैतडी पुगेका थिए।

शनिबार बिहान ११ बजेतरि मात्र क्वारेन्टाइनमा बसेका उहाँ बेलुका ६ बजे एक्कासि बसेकै स्थानमा बेहोस हुनुभएकाे थियाे ।

उपचारका लागि नजिकै रहेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिए पनि ती युवकको राति साढे ८ बजेतिर मृत्यु भएको थियाे ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?