अछाममा अस्पतालबाट निकालिएका कर्मचारीद्वारा आत्मदाहको प्रयास

अछाम । अछाममा आफ्नै शरीरमा आगो लगाएका एक जनालाई उपचारका लागि कोहलपुर लगिएको छ। जिल्लाको बयालपाटा अस्पतालमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका साफेबगर नगरपालिका–६ का सिदार्थ आउजीलाई थप उपचारका लागि कोहलपुर लगिएको हो।

अस्पतालको गेट अगाडि सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीलाई हेलिकप्टरमार्फत कोहलपुर लगिएको प्रमुख जिल्लामा अधिकारी पुण्यविक्रम पौडेलले बतानुभयाे।

उनका अनुसार घाईते आउजीलाई गर्भवतीको उद्धारका लागि आएको हेलिकोप्टर मार्फत नै कोहलपुर पठाईएको हो।

अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो। अस्पतालले हटाएपछि उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको बुझिएको छ।

यता बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ।

यस्तै सोही हेलिकोप्टर मार्फत चौरपाटी गाउँपालिका वडा नम्वर ५ की २५ बर्षीय गर्भवती निर्मला खड्काको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिनुभयाे । -दिनेश खबरबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?